निजगढ,नेपाली काँग्रेस पार्टीको बिधान, नियामावली एवम केन्द्रीय छानविन समितिको परिपत्र अनुसार वितरण गरिएको नयाँ क्रियाशील सदस्यता सदर गर्नु पर्ने माग गर्दै पार्टी सभापती देउवा निकट बारा जिल्लाका नेता तथा कार्यकर्ताले पार्टी केन्द्रीय कार्यालय ललितपुर सानेपामा शुरु गरेको धर्ना शुक्रबार पनि जारी राखेका छन । रामचन्द्र पौडेल पक्ष असन्तुष्ट असन्तुष्ट नेता कार्यकर्ताले २ साताअघिबाट शुरु गरेको धर्नासंगै संस्थापन पक्षले पनि बिहीबारबाट केन्द्रीय कार्यालय परिशरमा धर्ना शुरु गरेका हुन । प्रकृयाअनुसार सिफारिस भइ आएको सदस्य खारेज गर्न लागिएको र सोको विरोधमा आफुहरुले पनि धर्ना शुरु गरेको नेपाली काग्रेश बारा जिल्ला संघठन विभाग प्रमुख शम्भु बुढाथोकीले बताउनुभयो । यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालयमा जारी धर्ना र अनशनका कार्यक्रमको सम्बोधन गर्न निर्देशन दिनुभएको छ । शुक्रबार बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकमा सभापति देउवाले अनशनकारीहरुसँग वार्ता गर्न सहमहामन्त्री डा. प्रकाशशरण महत र पूर्वसहामन्त्री डा. रामशरण महतलाई जिम्मेवारी दिनुभएको छ । कांग्रेस पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीले आमरण अनशनमा बसेका नेताहरुको स्वास्थ्य अवस्था जटिल बनेको भन्दै ध्यानाकर्षण गराएपछि सभापति देउवाले उनीहरुको माग सम्बोधन गर्न निर्देशन दिनुभएको हो । सानेपामा धनुषाका तीन नेता पनि पाँच दिनदेखि आमरण अनशनमा छन् । पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवसहित तीन नेता आमरण अनशनमा छन् । उनीहरुको स्वास्थ्य बिग्रदै गएको छ । त्यस्तै बारा र सर्लाहीका नेता कार्यकर्ता पनि धर्नामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here