वीरगन्ज,पर्सा प्रहरीले ५ किलो ३ सय ३४ ग्राम चाँदीको गहना सहित एक जनालाई पक्राउ गरेको छ । सिमावर्ती शहर रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी ईनर्वाले नियमित चेकजाँचका क्रममा बुधबार बिहान सप्तरीको राजविराज उपमहानगरपालिका वडा नम्बर २ मेघरा स्थायी घर भई हाल चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ मा श्रेया ज्वैलर्स सञ्चालन गरिरहेका ४३ वर्षीय अंगद साहलाई पक्राउ गरेको हो । पैदल हिँडिरहको अवस्थामा शंकास्पद देखेपछि वीरगन्ज र रक्सौलको सिमाना शंकराचार्य गेट नजिक चेकजाँच गर्ने क्रममा साहले बोकेको कालो झोलाभित्र ५ किलो ३ सय ३४ ग्राम चाँदीको गहना बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । पक्राउ परेका साहलाई बरामद चाँदीसहित राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइने खनालले जानकारी दिनुभयो ।

Leave a Reply