नरेश गुप्ता
बरियारपुर,आर्थिक सहयोगको नाममा सवारी साधनका यात्रुसंग पैसा असुल्दै हिडेका आधा दर्जन भारतीय युवतीलाई प्रहरीले बाराको गन्जभवानीपुरबाट सोमबार नियन्त्रणमा लिइएको छ । । प्रहरीले भारतको राजस्थान घर बताउने अन्जली बारोठ, ममता बारोठ, संगिता बारोठ, सोनु बारोठ, खाजिम बारोठ, ज्योती बारोठलाई नियन्त्रणमा लिएको हो ।
बाराको महागढीमाई नगरपालिका वडा नम्बर १० गन्जभवानीपुर– कलैया सडकखण्डमा सवारीसाधन रोकेर रकम असुल्ने क्रममा उनीहरुलाई प्रहरी चौकी गंजभवानीपुरले नियन्त्रणमा लिएको थियो ।
सडकमा बसेर बिभिन्न बहाना देखाएर यात्रुसंग पैसा असुल्ने उनीहरु वीरगन्जमा अस्थायी रुपमा बसोबास गर्दै आएको पनि जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका युवतीहरुलाई आफन्तको जिम्मा लगाइने प्रवक्ता मिश्रले जानकारी दिनुभयो ।