कलैया,भूमि सम्बन्धी समस्या समाधान आयोग बाराद्धारा आयोजित स्थानीय तह अभिमुखीकरण तथा छलफल कार्यक्रम बाराको कलैयामा सोमबार सम्पन्न भएको छ ।
आयोगका बारा जिल्ला अध्यक्ष अम्बिकाप्रसाद चौलागाइको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञावालीले आयोगले गर्ने काम, कर्तव्य लगायतका बिषयमा जानकारी गराउनुभएको आयोगका विज्ञ सदस्य उमेश गुप्ताले जानकारी दिनुभयो ।
कार्यक्रममा कृषि तथा पशुपंक्षी पूर्वमन्त्री ज्वाला साह, जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंह, बाराका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, आयोगका सदस्य चयन गुरुङ्ग, आयोग पर्साका सदस्य बिमल पौडल र विज्ञ सदस्य शिवजी गुप्ता लगायत स्थानीय तहका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिकाको तर्फबाट बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर कृष्ण पौडेल र गाउँपालिकाको तर्फबाट बाराको परवानीपुरका अध्यक्ष हरिनायाण साहले बोल्नुभएको थियो । जिल्ला समन्वय समितिका अधिकृत सुनिल चौरसियाको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको थियो ।