सिमरा,कोरोना भाइरस नियन्त्रणको लागि भन्दै सरकार र स्थानीय प्रशासनले जारी गरेको लकडाउनको मारमा परेका अतिविपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नंम्बर ७ नसिमटोल र वडा नम्बर २ को संम्जौता टोलका १० परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो ।

सानवयभ मिडिया प्रालि तथा रेडियो सर्मपणका अध्यक्ष कासिम मियाँको सहयोगमा चामल, दाल, तेल र नुनलगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो ।

त्यसैगरि लकडाउनको चपेटामा परेका श्रमजीवी संञ्चारकर्र्मीहरुलाई नवराज कल्याण कोषबाट सहयोग प्रदान गरिएको पत्रकार महासघ बाराका पूर्वअध्यक्ष कमलकुमार उपाध्यायले जानकारी दिनुभएको छ ।

पोखरियाबाट हाम्रा सम्बाददाताले पठाएको समाचारमा पोखरिया युवा क्लबले बिहिबार दुई जना अति विपन्न परिवारका युवतिको विवाहको लागि खाद्यान्न सामग्री सहयोग गरेको छ । पोखरिया युवा क्लबले पर्साको पोखरिया नगरपालिका वडा नम्बर ८ जगतपुरमानपुरका दुई युवतिको विवाहको लागि चामल, आलु, प्याज, तेल, नुन, दाल, पात, ग्लासलगायतका सामग्री सहयोग गरेको स्थानीय राजु रौनियारले जानकारी दिनुभयो । क्लबका शैलेन्द्र शर्मा, राजेन्द्र कलवार, निरंजन क्षेत्री, रबि रौनियारलगायत क्लबका सदस्य, सल्लाहकारहरुले युवतिको विवाहाको लागि खाद्यान्न सहयोग गरेको युवा क्लबका अध्यक्ष अफरोज आलमले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here