कलैया,नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनले चयन गर्ने नेतृत्वका लागि बाराबाट सात जनाले उम्मेदवारी दिएका छन् ।

हेटौंडामा जारी महाधिवेशनको निर्वाचन प्रक्रियामा जिल्लाबाट केन्द्रीय पदाधिकारी सहित विभिन्न पदमा सात जनाको उम्मेदवारी परेको हो । युनियनको खुल्लातर्फको केन्द्रीय सचिवमा गुरुप्रसाद गौतमले मनोनयन दर्ता गराउनुभएको छ । संस्थापन ईतर समुहका गौतम नेपाल पत्रकार महासंघको मधेस प्रदेश कमिटीका पूर्वसचिव र नेपाल पत्रकार महासंघ बाराका पूर्वअध्यक्ष हुनुहुन्छ् ।

यसैगरी खुल्लातर्फको केन्द्रीय सदस्य पदमा सिकेन्द्र पासवानले उम्मेदवारी दिनुभएको छ । पासवान नेपाल पत्रकार महासंघको मधेस प्रदेश कमिटीको पूर्वसदस्य हुनुहुन्छ । त्यस्तै मधेस प्रदेशको भुगोलतर्फको केन्द्रीय सदस्य पदका लागि गणेशराज रिजाल र शरदचन्द्र भट्टराईको उम्मेदवारी परेको छ ।

मनोनयन दर्ता प्रक्रियामा समावेशी तर्फको केन्द्रीय सदस्य (मधेसी) पदका लागि बारका उपेन्द्र यादव र रविन्द्र सिंहले पनि उम्मेदवारी दिनुभएको छ । सिंह र रिजाल प्रेस युनियन बाराका पूर्वसभापति हुन् । यता भुगोल तर्फको केन्द्रीय सदस्य मधेस प्रदेश (महिला) पदका लागि उम्मेदवारी दिनुभएकी अप्सरा पुडासैनी भने निर्विरोध निर्वाचित हुनुभएको छ ।

पर्साबाट तिवारी र पौडेल निर्विरोध निर्वाचित

वीरगन्ज,नेपाल प्रेस युनियनको महाअधिवेशनबाट केन्द्रीय सचिवमा वीरगन्जका पत्रकार अशोक तिवारी निर्विरोध निर्वाचित हुँनुभएको छ । तिवारी नेपाल पत्रकार महासंघ पर्साका पूर्वअध्यक्ष र ए न्युज टेलिभिजनका अध्यक्ष समेत रहनुभएको छ ।

त्यसैगरी वीरगन्जकै महिला पत्रकार निलिमा पौडेल पनि केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित हुँनुभएको छ । युनियनको केन्द्रीय नेतृत्व चयनका लागि अध्यक्षमा संस्थापनबाट अनिया विन्दु र संस्थापन इतर पक्षबाट शिव लम्सालले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । अन्य नयाँ नेतृत्व चयनका लागि शनिवार मतदान भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here