नेपालमा अहिले दोश्रो लहरको कोरोनाको लहर फैलिएको छ । करिब एक बर्षपछि फेरि पनि वीरगन्जको जनजीवन मात्रै नभइ यस आसपासको जनजीवन पनि कष्टकर बन्दै गएको छ । दैनिक ६० प्रतिशत भन्दा बढी कोरोना संक्रमितहरु बढिरहेका छन् । उपचारका लागि भएका प्रयासहरु एकदमै प्रभावकारी नभएको आरोप सरकार र स्थानीय निकायहरुले खेपिरहदा फेरि पनि यसको मारमा बिद्यालयहरु परेका छन् । जम्माजम्मी चार महिना मात्रैराम्रोसंग संचालनमा रहेका बिद्यालयहरु फेरि बन्द भए ।
सबै बिद्यालय र परीक्षा समेत बन्द गर्न सरकारले भनिसकेको छ । गएको बर्षपनि एसइइको परीक्षा संचालन हुन सकेन भने यो बर्ष पनि अवस्था त्यही छ । अहिले पढाइ वा परीक्षा भन्दा पनि स्वास्थ्य महत्वपूर्ण बनेको छ यद्यपी बिद्यालयहरुको बिषयमा भने सरकारले सोच्न आवश्यक देखिन्छ। लामो समय पहिला अनलाइनबाट पढाइ भए ।
प्रभावकारी न भयो यो तैपनि सबै बिद्यार्थीहरुको पहुँचसम्म पुग्न नसकेको कुरा आयो र यसका लागि अबको समयमा भने ध्यान दिन आवश्यक छ । अब शिक्षण प्रर्णालीमा यसको पनि बिकल्प खोज्न आवश्यक देखिन्छ । अब दोश्रो लहरको कोरोनाको संक्रमणले लगभग दशैंसम्म बिद्यालय संचालन हुने अवस्था रहने संभावना कम देखिन्छ । त्यसैले पनि बिद्यार्थीहरुको बिषयमा ख्याल गर्न आवश्यक छ ।