निजगढ, १ असोज– लायन्स क्लब अफ निजगढ र लायन्स क्लब अफ निजगढ पिसले कोरोना महामारी नियन्त्रणमा अग्रभागमा रहेर काम गर्ने नगरका विभिन्न संघसंस्थालाई बुधबार स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल, उपप्रमुख लिलादेवी लामिछाने, क्लवका अध्यक्ष रामचन्द्र जैसवाल, पवन श्रेष्ठ, मनोज रेग्मी, विनोद खरेल लगायतले इलाका प्रहरी कार्यालय निजगगढ, जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, सशस्त्र बेस क्याम्प, निजगढस्थित नेपाली सेनाको विकास निर्माण कार्य दल गण, निजगढ नगरपालिका स्वास्थ्य शाखालाई क्लवले उपलब्ध गराएको थर्मल गन, पिपिइ र मास्क वितरण गर्नुभएको हो । सो अवसरमा १५ वटा थर्मल गन, १५ थान पिपिई र ६ हजार थान मास्क वितरण गरेको थियो ।

पछिल्लोसमय सुरक्षाकर्मी स्वास्थ्यकमीहरुमा कोरोना संक्रमण बढ्दै गएपछि जोखिम न्ुयनिकरणका लागि क्लवले स्वास्थ्य सामाग्री वितरण गरेको लायन्स क्लब अफ निजगढ पिसका अध्यक्ष पवन श्रेष्ठले बताउनुभयो । उहाँले निजगढ उद्योग वाणिज्य संघ र लायन्स क्लब अफ डिस्ट्रिकले सामाग्री सहयोग गरेको पनि जानकारी दिनुभयो ।

निजगढ शहिदचोकमा आयोजित कार्यक्रममा निजगढ नगरप्रमुख सुरेशकुमार खनाल, उपप्रमुख लिलादेवि लामिछानेले कोरोना नियन्त्रणको लागि क्लवले गरेको सहयोग महत्वपुर्ण हुने बताउनुभयो ।

कार्यक्रममा निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाल, लायन्स क्लब सदस्यहरु, मेचिकाली संयुक्तबुहारी आवाजका प्रतिनिधि र स्थानीय भद्रभलादमीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन क्लवका पुर्व अध्यक्ष प्रभातकुमार सिग्देलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here