वीरगन्ज,पर्साको ठोरी गाउँपालिका–४ मा गएराति माहुरीको मह काढ्न गएका एक युवकको रुखबाट खसेर ज्यान गएको छ । ठोरी गाउँपालिका वडा ४ सुन्दरटोलका ३२ वर्षीय धावा भनिने दावा बोम्जनको रुखबाट लडेर ज्यान गएको विजयवस्ती प्रहरी चौकीले जानकारी दिएको छ ।

गएराति करीब १ बजेको समयमा माहुरीको मह काढ्न रुखमा चढेका बोम्जन मह काढेर झर्ने क्रममा घाइते भएका थिए । गम्भिर घाइते उनको उपचारका लागि बीरगंज ल्याउदै गर्दा बाटोमा नै मृत्यु भएको बिजयवस्ती प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सुदामा यादवले जानकारी दिनुभयो । मृतकको शवलाई पोस्टमार्टमका लागि नारायणी अस्पताल लगिएको उहाँले बताउनुभयो ।

Leave a Reply