निजगढ,७औं दक्षिण एशियाली च्याम्पियनसिप आईटिएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता बाराको निजगढ नगरपालिकका ४ की तेक्वान्दो खेलाडी लिलाकुमारी सापकोटा सम्मानित भएकी छिन् ।निजगढ नगरपालिका वडा नम्बर ४ कार्यालयले सापकोटालाई नगद १० हजारसहित सम्मान गरेको हो ।साउन १९ देखि २१ गतेसम्म भारतको हैदराबादमा भएको ७औं दक्षिण एशियाली च्याम्पियनसिप आईटिएफ तेक्वान्दो प्रतियोगितामा सापकोटाले स्वर्ण पदक जितेकी थिइन् । ४४ किलो तौलमा प्रतिस्पर्धा गरेकी मनिषाले स्वर्ण पदक जितेर देशको नाम राखेको भन्दै वडा नम्बर ४ कार्यालयले नगदसहित सम्मान गरेको हो ।सापकोटालाई वडा अध्यक्ष विसन सापकोटाले वडाको तर्फबाट नगद १० हजार पाँच रुपैयासहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।कार्यक्रममा निजगढ नगरपालिका कार्यपालिकामा सदस्य मिना चौरेल, शर्मिला विक, जनजागृति आधारभूत विद्यालय पुरानोटोलका प्रधानाध्यापक मधुसुदन अधिकारीसहित स्थानीय अगुवाहरू सहभागिता रहेको थियो ।