कृपा संवाददाता
कलैया , ३० फागुन । होलि पर्व भनेपछि असत्यमाथी सत्यको जितको रुपमा मनाईन्छ । एक आपसमा खुसी साटासाट गर्नु नै समान्य भाषामा होलि पर्व मनाउनु हो । पौराणिकमा रहेको भनाई अनुसार नै बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० बेलवा निवासी कमल बावु चौधरीले होलि पर्व मनाएका छन् । चौधरीको उमेर खासै बढी भएको छैनन् । उनको उमेर जम्मा २९ वर्ष रहेको छ । तर उनले अहिले यस्तो कार्य गरेको छ । जुन अरु कसैले पनि गर्न सकेका छैनन् । चौधरीले आफ्ना गाउँमा रहेको गरिब , दलित तथा अतिविपन्न परिवारलाई मासु वितरण गरेर खुसी साटासाट गरी होलि पर्व मनाए ।

 

 

 

लक्ष्मी प्रसाद देवकोटाले मुनामदन भन्ने खण्डकाब्यमा लेखेका छन् मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन । वास्तवमा महाकवी लक्ष्मी प्रसाद देवकोटाले यो वाक्य मुना मदनमा यस्तै प्रयोग गरेका छैनन् । सोहि कुरा अहिले चौधरीले आफ्ना व्यवहारमा लागु गरेको देखिन्छ । उनले गरेको यस्तो व्यवहारले गाउँका गबिर, दलित तथा अतिविपन्न परिवारको मन मस्तिक्समा बसोबार नै गरेको बारे एक महिला कैलशिया देवी रामले जानकारी दिए ।अर्की महिला माया राम माझीका अनुसार चौधरीले गरेको कार्य अहिले सम्म कसैले नगरेको बताईन् । उनका अनुसार चौधरीले गरेका यस्तो कार्यले गर्दा अहिले हामी गरिब, दलित तथा अतिविपन्न परिवारका लागि महिसा भएका जनाए । निर्वाचित जनप्रतिनिधीले गर्नुपर्ने कार्यहरु अहिले पछिलो समयमा चौधरीले आफ्नै खर्चमा गरीरहेको बुझिएको छ ।

 

 

 

चौधरीले गरिब, दलित तथा अतिविपन्न घर परिवारलाई हिन्दुहरुको महान चाड होलिको शुभ अवसरमा शुभकामना आदानप्रदान गर्दै मासु प्रदान गरेको थियो । चौधरीका अनुसार होलि भनेको खुसी साटासाट गर्नु तथा रमाउनु पर्ने दिन रहेकोले होलिमा मासु वितरण गरीएको बताए । चौधरीले निस्वार्थ भावना राख्दै आफू जिवित रहुन्जेल गरिब र असहाय जनताहरुको हक हितका लागि सदैव तत्पर रहने र सधै सहयोग गरि रहने जनाएका छन् । उनले वडा नम्बर १० अमावको श्री अम्बेश्वरनाथ महादेवको मन्दिरलाई शिवरात्रीको अवसरमा २५ किलोको घण्टा तथा पुजापाठ गर्ने आवश्यक सामाग्री दिएका थिए ।

 

 

 

 

यस अघि पनि चौधरी सामाजिक काममा निरन्तर लागि पर्ने व्यक्ति रहेको गाउँहरुको भनाई रहेको थियो । चौधरीले विभिन्न समयमा बिरगंज स्थित रहेको मानव सेवा आश्रममा पनि खाना खुवाउने देखि लिएर सामाग्री वितरण जस्ता कार्यमा सामेल भएका सुनाए । चौधरीले नै आफ्नै पैसा खर्च गरेर आफ्ना गाउँका दलित तथा अति नै कमजोर घर परिवारलाई विद्युतको मिटरका साथ साथै चिम पनि जडान गराइ दिएको हो । त्यसैगरी विभिन्न समयमा निशूल्क रुपमा खाना खुवाउने जस्ता सामाजिक कार्यमा निकै योगदान गरेको छ । चौधरीले आफ्नो खर्चमा बाराको फेटामा ट्रोनाडो आएको बेला पनि नारायणी उप क्षेत्रिय अस्पताल , नेशनल मेडिकल तथा भरवलियामा ६ दिन नि शूल्क रुपमा खाना खुवाएका थिए ।

 

 

 

होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो । फागु पूर्णिमा अर्थात होली पर्व नेपालमा निकै हर्षोल्लाशका साथ मनाउने गरिन्छ । नेपालमा यो पर्व धुमधाम गरी, अरू ठुला चाडहरू जस्तै रमाइलो गरी मनाइन्छ। होलीको अघिल्लो साझ होलिका दहनु गरेर यस चाडको सुरुवात गरिन्छ ।

 

 

 

 

 

पौराणिक भनाइ अनुसार प्राचीन समयमा अथवा त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक एक राक्षसको जन्म भएको थियो । हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए । हिरण्यकश्यपुका छोरा प्रह्लाद बिष्णुका परम भक्त थिए । आफ्नै छोरा प्रह्लादले भगवान विष्णुको आराधना गरेको हिरण्यकश्यपुलाई मन परेको थिएन । त्यसैले उसले प्रह्लादलाई मार्न धेरै योजनाहरू बनाएका थिए । एक योजना अनुसार हिरण्यकश्यपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई प्रयोग गरेको ईतिहास रहेको छ ।

 

 

 

 

होलिकालाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन् । दाजुको आदेश अनुसार होलिका प्रह्लादलाई काखमा लिएर अग्निमा बस्दा आगोले धर्मको साथ दिएकाले होलिका जलेर नष्ट भइन् । तर प्रह्लादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ्ग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ । चौधरीले पर्सा जिल्लाको बिरगंज स्थित बाइपास रोडमा होटल हिमाल एण्ड भन्सा घर संचालन गर्दै आएका छन् ।

Leave a Reply