कलैया,नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ बाराको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालयमाबुधबार एक कार्यक्रमकाबीच महासंघको १६औं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका मधेश प्रदेश अध्यक्ष सागर ठोकरले नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ देशका अन्य संघसंस्था सरह सांगठनिक रुपमा अब्बल रहेको बताउनुभयो ।
उहाँले पुस्तक व्यवसायीहरु अब गुणस्तरीय उत्पादन र मर्यादित व्यापार गर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।अध्यक्ष ठोकरले महासंघ बाराले सामाजिक उत्तरदायित्व बहन गर्दै सामाजिक काम गर्नुपर्ने र संस्थालाई दीगो र बलियो बनाउन खुत्रुके बचत अभियान चलाउन पनि व्यवसयाीहरुसंग आग्रह गर्नुभएको थियो ।

Leave a Reply