वीरगन्ज,केही दिनयता बढ्दै गरेको चिसो एवम् शितलहरलाई मध्यनजर गर्दै लक्षित समुदायलाई न्यानो कम्बल वितरण गरिएको छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ का गरिब, विपन्न एवम् न्यूनआर्थिक अवस्थाका २ सय परिवारलाई कम्बल वितरण गरिएको हो ।बहुदरमाई नगरपालिका वडा नम्बर ७ भौराटारको आयोजनमा जाडोबाट प्राभाबित ४ सय भन्दा बढी असहाय, गरिब विपन्न, दलित, विपन्न मुस्लिम, जेष्ट नागरिक लगायतलाई कम्बल वितरण गरिएको वडा अध्यक्ष बिरेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । वडा अध्यक्ष यादवका अनुसार आगामी दिनमा पनि चिसोबाट प्रभावित हुने समुदायलाई मध्यनजर गर्दै कम्बल वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ । कम्बल पाइसकेपछि स्थानीयले पनि राहतको महसुस गरेकोभन्दै वडा अध्यक्षले अभिभावकको भूमिका निर्वाह गरेको प्रतिक्रिया दिएका छन ।वडा सचिव रामअयोध्या साह, वडा सदस्य अलिहुसेन देवान, कपिलदेव कुर्मी लगायतको रोहबरमा कम्बल वितरण गरिएको हो ।

Leave a Reply