कृपा संवाददाता
निजगढ – निजगढ नगरपालिकाले संचालन गर्ने नगरस्तरीय परिक्षाको तालिका परिवर्तन भएको छ । यसअघि चैत्रको ६ गतेबाट शुरु गर्ने तयारी गरिएकोमा नगरका बिध्यालयहरुका प्रधानाध्यापकहरुको बिहिबार नगरपालिकामा सम्पन्न बैठकले चैत्र २ गतेबाट ९ गतेसम्म संचालन गर्ने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको सावधानी अपनाउन सरकारले चैत्र ५ भित्र परीक्षा सक्न निर्देशन दिएपनि नगरस्तरीय परीक्षा चैत्र ९ गते समापन हुने भएको छ ।
निजगढका मेयर सुरेश कुमार खनालको अध्यक्षतामा सम्पन्न बैठकमा नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने, उपसचिव शिक्षा शाखा अधिकृत राजु बानियासमेतको उपस्थिति रहेको थियो । नगरपाकिलाले यस बर्षदेखि कक्षा ५ र ८ नगरस्तरीय परिक्षा संचालन गर्न लागेको छ ।