कृपा संवाददाता

निजगढ – प्रस्तावित निजगढ अन्तर्रा्ष्टिय विमानस्थल निर्माणका लागि काटिने रुख र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (ईआईए) सम्बन्धि दुई मुद्दालाई सर्वोच्च अदालतको पूर्ण इजलाशले हेर्दाहेर्दैमा राखेपछि यो विषय तत्काल किनारा नलाग्ने देखिएको छ । सर्वोच्च अदालतको हिजोको बृहत पूर्ण इजलाशले उक्त रिटलाई समय नपुगेको भन्दै अर्को एक हप्तापछिको लागि पेशी तोकेको छ ।

 

 

 

 

 

बिना योजना हचुवाको भरमा सयौं वर्ष पुराना लाखौं सालका रुख काट्दा वातावरणीय विनाश निम्तिने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा वरिष्ठ अधिवक्ता प्रकाशमणी शर्मा, पदम श्रेष्ठलगायतले निजगढ विमानस्थलको ईआईए प्रतिवेदन खारेज माग गर्दै अर्को रिट पनि दायर गरेका छन् ।

 

 

 

 

सर्वोच्चले दुवै रिटलाई बृहत पूर्ण इजलाशमा राखेर बहस अघि बढाएका कारण विमानस्थल निर्माणसम्बन्धि प्रक्रिया थप लम्बिने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार रेग्मीको यस अघिको इजलाशले यो विषय गम्भीर भएकाले वृहत पूर्ण इजलाशमार्फत टुंगो लगाउनुपर्ने ठहर गरेको थियो । त्यसअघि नै तत्काल रुख कटानको विषय अघि नबढाउन सर्वोच्चले अन्तरिम आदेश दिएको थियो ।

 

 

 

सर्वोच्चबाट मुद्दाको किनारा नलागुन्जेलसम्म रुख कटानको प्रस्ताव वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद् लैजान पाउने छैन । सर्वोच्च अदालतमा विचाराधीन भएकाले स्विटजरल्याण्डको जुरिच एयरपोर्ट इन्टरनेशनल एजीले निर्माणसम्बन्धि प्रस्ताव पेश गर्ने ४५ दिने म्याद यत्तिकै गुजारेको छ । विमानस्थलको ईआईए प्रतिवेदनमाथि नै प्रश्न उठेका कारण जुरिचले सर्वोच्च अदालतबाट सफाइ चाहेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here