कृष्णउदास खनाल
हेटौंडा – आफू १८ बर्षको हुंदा ज्ञानी श्रेष्ठले आफूभन्दा २२ बर्ष जेठो ब्यक्तिलाई मन पाराइन् । उनल मन पराएको ब्यक्तिको पहिला नै चार भाइ छोरी थिए तर श्रीमती बितिसकेकी थिइन् । त्यही पीडा देखेर माइतमा आइरहने उनै ब्यक्तिीसंग आंखा चिम्लिएर विवाह गरिन् ।

 

 

 

 

 

 

परिवारले नदिएपछि भागेर विवाह गरिन् र हेटौंडा आएर बस्न थालिन् । श्रीमानसंगै हेटौंडा आएकी ज्ञानी श्रेष्ठ अहिले चौकी टोलमा बस्छिन् । श्रीमानले बनाइ दिएको घरमा उनी,उनका २६ बर्षीय छोरा र २३ बर्षीया छोरी पनि बस्छिन् । नेपाली भाषा पनि राम्रोसंग बोल्न समस्या हुने ज्ञानीका २६ बर्षीय छोरा भने बोल्दैनन् मात्रै नभइ घरमा नै नजरबन्दको अवस्थामा छन् ।

 

 

 

ज्ञानीका श्रीमान ज्ञानीलाई छाडेर परलोक गएको पनि चार बर्ष भइसकेको छ । क्यान्सरले उनका पतिको ज्यान लिएपछि छोरा र छोरीको मुहार हेर्दै बसेकी ज्ञानीको दैनिक अहिले कष्टकर छ । बुढेशकालमा सहारा देला भन्ने छोरा श्रवण कुमारको देखरेखमा नै उनको दैनिकी बित्ने गरेको छ । २६ बर्षीय श्रवण कुमार मुख बोल्दैनन् । ६ बर्ष पूरा भएपछि श्रवणमा समस्या देखिएको थियो । अहिले दिनभर एउटा कोठामा उनलाई थुनेर राखिन्छ ।

 

 

 

आमा दिनभर उनको स्याहारमा खटिन्छिन् अनि छोरी कसैको पसलमा गएर काम गर्छिन् । छोरीले कमाएको भारमा यो परिवारको अंगेनोमा चुल्हो बलेको छ । छोरी अर्काको घरमा गएपछि के गर्ने भन्ने कुरामा ज्ञानीलाई अत्तोपत्तो छैन । ज्ञानीको नाउ मात्रै ज्ञानी नभइ स्वभाव पनि उस्तै छ ।छोराको उपचार उनका पतिले जति गरे,गरे उनले खासै केही गरेकी छैनन् ।

 

 

 

 

 

 

 

उपचार गर्न त मन थियो,उनलाई तर खर्च अभावका कारण उपचारमा समस्या छ । स्थानीय जनप्रतिनिधि वा कसैले आफ्नो छोराको उपचारका लागि चासो दिए आफ्नो छोराले पुर्नजन्म पाउने आशमा ज्ञानी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here