हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ११ मा बुधबार मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुर गठन गरिएको छ । अप्सरा ढकालको अध्यक्षतामा गठन गरिएको समूहको उपाध्यक्षमा लक्ष्मी चित्रकार,सचिवमा सीता बतौला तथा कोषाध्यक्षमा सुनिता घिमिरे चयनु हुनु भएको छ । यसरी नै सदस्यहरुमा रेवती उप्रेती,राममायाँ बतौला,शोभा लम्साल,उर्मिला बिक,बिष्णुमायाँ लुमिनी,निरु बिक लगायत १३ सदस्यीय समिति गठन गरिएको हो ।

 

 

 

 

 

 

 

 

मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी अध्यक्ष टीका पौडेलको अध्यक्षतामा र वडा नम्बर ११ की वडा सदस्य जुना दाहालको प्रमुख आथित्यतामा सम्पन्न भएको कार्यक्रममा समूहकी सल्लाहकार निलम देवकोटा,सिमलटार टोल बिकास संस्थाका अध्यक्ष बिशेष थापा,नेपाल ब्यवसायिक बाख्रा पालक महासंघका केन्द्रीय उपमहासचिव बद्री अधिकारी,आमा समूहकी अध्यक्ष दूधमायाँ थापा लगायतले आप्ना धारणा राख्नु भएको थियो भने कार्यक्रम मानव अधिकारका लागि महिला एकल महिला समूह मकवानपुरकी कोषाध्यक्ष निर्मला पौडेलको सहजिकरणमा सम्पन्न भएको थियो ।

Leave a Reply