नरेश गुप्ता
बियारपुर –   तस्करीको सामान नजराना लिइ छाडेको समबन्धमा केहि दिन अगाडी कृपा राष्ट्रिय दैनिक पत्रिकामा समाचारकाे प्रभाव परेकाे छ । प्रहरी चौकी बरियारपुरको प्रहरी  सहायक निरीक्षक  जगदिश यादव सहित डियुटिमा रहेको दुई जना प्रहरी  जवानलाइ जिल्ला प्रहरी कार्यालय बाराले जिल्लामा बाेलाइ अनुसंधान गरीरहेकाे जानकारी प्राप्त भएकाे छ । 
प्रहरी चौकी बरियारपुरको प्रहरी  सहायक निरीक्षक  यादव देखि चौकीको सम्पुर्ण टोलि संग जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान शुरु गरिएको छ ।  प्रहरी चौकी बरियारपुरको प्रहरी  सहायक निरीक्षक  यादव सहित डियुटिमा रहेको दुई जना प्रहरी जवानले बिगत केही दिन अगाडि  तस्करसंग दुई लाख पचास हजार नजराना लिइ लत्ताकपडा  सहितको पिक अप भ्यान छाडेको  रहस्य  बाहिर आएपछी जिल्ला  प्रहरी  कार्यलय बाराले असई यादव सहित सम्पुर्ण  टोलिसंग  छुटाछुटै अनुसन्धान  गरिएको बाराको प्रहरी  प्रवक्ता  गौतम मिश्रले बताए ।
प्रहरी  चौकी बरियारपुरको टोलीले भारतबाट तस्करी गरी ल्याइरहेकाे पिक अप सहितको लत्ताकपडा  महागढीमाई  २ ईनर्वा चौक नजिक नियन्त्रणमा  लिइ असइ यादवले नजराना  लिइ छाडेको थियो । असइ  यादवलाई अनुसन्धानको लागि जिल्ला  प्रहरी  कार्यालय बारामा बोलाइएको छ । यादवको ठाउँमा प्रहरी  सहायक निरीक्षक  राज कुमार यादव प्रहरी  चौकी बरियारपुरमा पठाईएको छ ।
तस्करी नियन्त्रण गर्नु साटो मोटो रकम नजरना लिइ तस्करीको सामान छाडने  प्रमाणित भए जो सुकै प्रहरीलाई आवश्यक  कार्वाही गर्ने प्रहरी  नायब उपरीक्षक गौतम मिश्रले  बताए । तस्करीको सामान नियन्त्रणमा लिइ छाडिएको समबन्धमा हरेक कोणबाट अनुसंन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले सुनाए । बारामा बढ्दै गएको खुल्याम तस्करी , घरेलु अबैध घरेलु मदिरा भट्टिलाई नेपाल प्रहरी कै मातहतको प्रहरी चौकी इन्चार्जले तस्करी र संरक्षण लाईन दिएको अवस्था  बारामा देखिएकाले सुधान गर्ने पक्षमा आफू रहेकाे जानकारी दिए । 

Leave a Reply