निजगढ,निजगढ नगरपालिका वडा नम्बर ११ बाट वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका चन्द्रलाल तामाङ्गले वडा नम्बर ११ मा एमालेका उम्मेदवार बाबुराम स्याङ्गतानको पक्षमा उम्मेदवारी फिर्ता लिनुभएको छ ।

तामाङ्गले आइतवार विज्ञप्ति जारी गर्दैै आफूले केही साथीभाइ र सहयोगीहरुको सरसल्लाहामा वडा अध्यक्ष पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएको भएपनि हाल आप्mनो उम्मेदवारी कायम राखिराख्नु उपयुक्त नदेखेको र नेकपा एमाले पार्टीका अगुवा नेतागण, पार्टी सदस्य, शुभचिन्तक र आममतदाताहरुको अनुरोधमा आफ्नो उम्मेदवारी फिर्ता लिएर वडा अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार स्याङ्गतानलाई समर्थन र सहयोग गर्ने निर्णयमा पुगेको बताउनुभएको छ ।

उहाँले आगामी बैशाख ३० गते हुने निर्वाचनमा निजगढ नगरपालिकामा एमालेबाट प्रमुख पदका उम्मेदवार सुरथ पुरी, उपप्रमुख राममाया थिङ्ग र वडा अध्यक्ष पदमा स्याङ्गतानसहित वडा समितिका सदस्यहरुको चुनाव प्रचारमा सरिक भइ चुनाव चिन्ह सूर्यमा मतदान गरी विजयी तुल्याउनुहुन सम्पूर्ण मतदाता र शुभचिन्तकहरुमा अपिलसमेत गर्नुभएको छ ।

Leave a Reply