नेपालको कुल ग्राहस्थ उत्पादन बढाउनका लागि सरकारी स्तरबाट नीति बनाउन आवश्यक छ । प्रदेश नम्बर २ सरकारले आफ्नो प्रदेशमा कुल ग्राहस्थ उत्पादन बढाउने लक्ष्य लिएको छ । कुल आम्दानीको श्रोत बढाउनु आफैमा सकारात्मक कुरा हो । नेपालीहरुको कुल आम्दानी अझै सुधार आउन सकेको छैन । ग्राहस्थ उत्पादनमा प्रदेश नम्बर ३ अली अगाडि देखिन्छ अरु प्रदेश दयनीय नै छन् ।
२ नम्बर प्रदेश त ११ प्रतिशतसम्म पुग्नका लागि निकै मेहनेत गर्नुपर्ने देखिन्छ । कुल ग्राहस्थ उत्पादनमा प्रदेशले लिने नीति नै महत्वपूर्ण हुन्छ तर यसका लागि संघीय सरकारले लिने नीति अझ बढी महत्वपूर्ण हुन्छ । कुल ग्राहस्थ उत्पादनका लागि ब्यक्तिको आम्दानी पनि बिकास गर्न जरुरी छ । यसका लागि गरिबी निवारण आवश्यक छ ।
गरिबी निवारण्का लागि प्रदेश स्तरबाट पनि नीति आवश्यक हुन्छ ।प्रदेश नम्बर २ का नागरिकहरु धेरै कुरामा समक्ष भएपनि आम्दानीको स्तर बढ्न सकेको छैन । त्यसैले पनि कुल ग्राहस्थ उत्पादन बढाउने सोच लिनु महत्वपूर्ण कुरा हो र यो लक्ष्यमा प्रदेश सरकार लाग्नु पर्दछ तर यसका लागि बिशेष प्रकारको नीति आवश्यक पर्दछ ।