आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकाका करार र ज्यालादारी कर्मचारीहरु तलब र सेवा अवधिको म्याद थपको माग गर्दै आइतवारदेखि नगरपालिका परिसरमा धर्नामा बसेका छन ।लामो समयदेखि नपाएको तलब पाउनुपर्ने र करार कर्मचारीहरुको म्याद थपमा नीतिगत व्यवस्था गरिनुपर्ने माग राखेर करार तथा ज्यालादारी कर्मचारी सघका अध्यक्ष नितेश यादवको नेतृत्वमा उनीहरु धर्नामा बसेका हुन ।धर्नामा सिम्रौनगढ नगरपालिका अन्तरगत स्वास्थ्य शाखा, नगर अस्पताल, नगरका शिक्षक, आयुर्वेद शाखा र वडा कार्यालयका करार र ज्यालादारी कर्मचारीहरु सहभागी बनेका छन । कर्मचारीहरुले आफ्ना माग पूरा नहुन्जेलसम्म धर्ना कार्यक्रमलाई जारी राख्ने कर्मचारी संघका अध्यक्ष यादवले बताउनुभयो ।