हुनत हिंसा कसैका लागि पनि सह्यि हुन्न । हिंसा रहित समाजको कल्पना सबैले गरेको हुन्छ र गर्नुपनि पर्दछ । हिंसा रहित समाजको कल्पना गरेपनि हाम्रो समाज हिंसा रहित बन्न सकेको छैन । मुलतः समाजमा झनै हुनै नहुने घरासयी हिंसा हो तर बढी यही नै भइरहेको पाइन्छ । श्रीमान र श्रीमतीबीचमा समेत तनाब हुने गरेको पाइन्छ । जो. समाजमा हुने घृणित संस्कार हो ।

 

 

 

 

 

 

अझै तराई मधेशकै कुरा गर्दा त दाइजो नल्याएकै कारण पनि घिनलाग्दा हिंसाका घटना भएका छन् । बाराको इलाका प्रहरी कार्यालयमा घरेलु हिंसाका घटनाका बिषयमा उजुरी परेको कुरा आएको छ । उजुरी पर्नु स्वभाविक भएपनि यस्ता समस्या समाजमा नै मिलापत्र हुँदा राम्रो हो ।

 

 

 

 

 

 

पछिल्ला दिनमा महिला मात्रै होइन पुरुष समेत हिंसाको सिकार हुने गरेका छन् । केही बर्ष अगाडि महिला मात्रै हिंसामा परेका उदाहरणहरु समाजमा आउने गर्दथे अहिले पुरुष घटना पनि बढेका छन् । पुरुषहरु पनि हिंसामा परेका छन् । यस्ता घरायसी मुद्दा सकेसम्म मेलमिलापबाट समाधान गरेको खण्डमा राम्रो हुनेछ ।

Leave a Reply