अनिल तिवारी
बारा – पुर्व मन्त्रि एवम संविधान सभा सदस्य पुरुषोतम पौडेलले २५ वर्ष बित्नै लाग्दासमेत बारामा बन्ने अन्तराष्ट्रिय विमान स्थल बनाउनु पर्ने बहसमा मात्र सिमित रहेको बताउनुभएको छ । बाराको सिमरामा निजगढ अन्तराष्ट्रिय बिमानस्थल निर्माण प्रक्रिया तत्काल अघि बढाउन सरोकारवालाहरुसंगको छलफलमा उहाँले २०५१ सालमा निजगढमा अन्तराष्ट्रिय बिमानस्थल बनाउनुपर्ने भनि काम शुरु भएको र हाल सम्मपनि बहसमै सिमित रहेको बताउनुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्रि पौडेलले अन्तराष्ट्रिय बिमानस्थलको जग्गाको चार किला छुट्याउन मात्र २० वर्ष लागेको र चार किला छुट्याइए पछि डिपिआर तैयार गर्न बढिमा १ वर्ष लाग्नु पर्ने ठाउँमा ५ वर्ष लाग्दा समेत तैयार नभएकोप्रति चिन्ता ब्यक्त गर्नुभयो । उहाँले विमान स्थल बने कुरा राजनितीक विषय नभएका भन्दै धेरै विकल्प सहित गरीएको अनुसन्धानको प्रतिफल स्वरुप प्राविधिक रुपमै अन्तराष्ट्रिय बिमानस्थलका लागि नेपालकै सबैभन्दा उपयुक्त स्थान बाराको यो भुभाग रहेकोले राज्यलाई यस विमान स्थललाई बनाउनु बाहेक कुनै विकल्प नरहेको जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्य रामबाबु यादबले रँज्यको तलब भता खाने र राज्यको प्रगति देखन नचाहने ब्यक्तिले आफ्नो अन्तिम अस्त्रको रुपमा न्यालयलाई प्रभावमा पारेर अन्तराष्ट्रिय बिमानस्थलको काम प्रभावित गर्न खोजेको तर त्यो कदापी सफल नहुने बताउनुभयो । उहाँले आफुहरु जनताको प्रतिनिधी भएकोले बारा, पर्सा र सल्लाही लगाएतका सबै जननिर्वाचित प्रतिनिधीहरुको सरोकार समिति बनाएर यसको बारेमा दबाब दिन तैयार हुनपनि सबैलाई आग्रह गर्नुभयो ।
यसैगरी कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै बर्तमान सम्माननिय प्रधानमन्त्रिका पुर्व जनसम्पर्क सल्लाहकार अच्युत मौनालीले रुख कटानको विषयलाई मुख्य मुद्धा बनाएर अन्तराष्ट्रिय बिमानस्थल निर्माणको कामलाई रोक्न खोज्नेलाई बारामा खालि रहेको सबै सर्वाजनिक स्थलमा संघ, प्रदेश र स्थानिय सरकारले बृक्षा रोपनको कामलाई अगाडी बढाउने काम शुरु गर्न आग्रह गर्नुभएको थियो ।
यसैगरी प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य ज्वाला साहले अदालतमा परेको मुद्धाका कारण बारामा बन्ने अन्तराष्ट्रिय बिमानस्थलको काम केहि समय पछि धकेलिएपनि काम नरोकिने कुरामा नेकपाका सरकारसमेत लागी परेको बताउनुभएको छ । यता सरकारलाई निजगढ अन्तराष्ट्रिय बिमानस्थल निर्माण प्रक्रिया तत्काल अघि बढाउन बाराका सरोकारबालाहरुले समेत आग्रह गरका छन् । अन्तर्रा्ष्ट्रिय बिमानस्थलको एक मात्र मापदण्ड पुरा हुन सक्ने, द्रुतमार्ग, विशेष आर्थिक क्षेत्र र वीरगञ्ज पथलैया औद्योगिक करिडोरसग जोडिएकाले यसको विकल्प नरहेको कार्यक्रममा उपस्थित सरोकारवालाहरुले जानकारी गराएका थिए ।
कार्यक्रममा संविधानसभा सदस्य जयराम दाहाल, प्रदेशसभा सदस्य माननीयहरु सुन्दर विश्वकर्मा, ज्वाला साह, पारस साह, महम्मद समीर, त्रिलोकि चौधरी, नेकपाका केन्द्रीय सदस्य दिनेश राई, जिल्ला अध्यक्ष क्षेत्रबहादुर श्रेष्ठल, कोल्हाबी नगर प्रमुख भरत भन्डारी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख सरस्वतीदेबि चौधरी, नगर उपप्रमुख सुनौना चौधरी, फेटा गाउपालिका अध्यक्ष अमिरी प्रसाद, जीतपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल, निजगढ सरोकार समितिका एकबहादुर श्रेष्ठ, फास्टट्र्याक एरपोर्ट समितीका अध्यक्ष रबिराज दङाल,टाङियाबस्ती सरोकार समितिका संयोजक रमेस सापकोटा, कोल्हबी सरोकार समितिका अध्यक्ष ढुण्डी राज उप्रेतीको उपस्थिती रहेको थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैलाई प्रदेश नम्बर २ का प्रदश सभा सदस्य सिता गुरुङ्गले स्वागत गर्नुभएको थियो भने र होटल तथा पर्यटन ब्यवसायी संघ बाराका अध्यक्ष मोहन लामिछानेले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा करीव ३ सय भन्दा बढि सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा अन्तराष्ट्रिय विमान स्थल निर्माण कार्यालय सिमराका प्रमुख बिजय यादबले आफुलाई वातावरण विज्ञ भनाउदाँहरुले भनेको जस्तो धेरै रुख नकाटिकन र तराईमा सिचाईको कुनै कमि नहुने गरी सहज रुपमा विमान स्थल निमाण गर्न सकिने कुरा सरोकारवाला सबैलाई श्रब्यदृश्यको माध्यमबाट जानकारी गराउनुभएको थियो ।