आरके राजन

सिम्रौनगढ,बाराको सिम्रौनगढ कन्काली मन्दिरको पराङ्गणमा शुक्रवार बेलुकी ६ बजेदेखि होली गायन प्रतियोगिता सुरु भएको छ ।सिम्रौनगढ नगरपालिका अन्तर्गतका होली गाउने कलाकारहरुले सहभागी हुने भएका छन् । होली गायन प्रतियोगिताको शनिबार सिम्रौनगढ ६ का वडा अध्यक्ष नन्दकिशोर प्रसाद जयसवालले प्रतियोगिताको उद्धाटन गर्नुभएको थियो ।होली गायन प्रतियोगिताको पहिलो प्रतियोगीको रुपमा सिम्रौनगढ ७ कमलपुर गाउँका गायकहरुले होली गायन प्रतियोगितामा भाग लिएका थिए । यस अवसरमा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply