वीरगञ्ज । जिल्ला अदालत पर्साले नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारी र ल्याब प्रमुख संजय साहलाई २ दिन थुनामा राख्ने अनुमति दिएको छ ।

वीरगञ्जस्थित नेशनल मेडिकल कलेजबाट सोमबार पक्राउ परेका दुबै जनामाथि जिल्ला अदालत पर्साले अनुसन्धान गर्न आज २ दिनको म्याद थप गरेको हो ।अस्पतालको ल्याबबाट म्याद नाघेका केमिकलसहित पक्राउ परेका एमडीसहित २ जनामाथि अनुसन्धान गर्न २ दिनको म्याद थप गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए । थुनामा राखेर अनुसन्धान गर्न पर्सा प्रहरीले ७ दिनको म्याद मागेको थियो ।

तर जिल्ला अदालत पर्साले भने पहिलोपटक २ दिनको म्याद थप गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।उपभोक्ता हित संरक्षण मञ्चले दिएको जाहेरीको आधारमा प्रहरीले उनीहरुविरुद्ध कालोबजारी तथा सामाजिक अपराधमा म्याद थप गरेको हो । उपभोक्ता हित संरक्षण मञ्चका सुनिल श्रेष्ठले दिएको जाहेरीमा नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशकले उपभोक्तालाई कालोबजारी गरेको भन्दै उनीसहित ल्याब प्राविधिक संजय साहविरुद्ध जाहेरी दिएका थिए ।प्रहरीमा जाहेरी परेपछि अनुसन्धान प्रक्रिया अगाडिब बढाउनका लागि मंगलबार (आज) म्याद थपका लागि एमडी शाहनवाज अन्सारीसहित दुबै जनालाई हाजिर गराइएको थियो ।

Leave a Reply