कलैया,बाराको सुवर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन श्रीवास्तबले बिगत तीन वर्षदेखि महङ्गो गाडी भाडामा लिएर प्रयोग गर्दै आउनुभएको छ । मंहङ्गो गाडी सुविधा लिएर पनि प्रशासकीय अधिकृत श्रीवास्तब समयमा नै कार्यालय पुगेर काम गर्ने नगरेको स्थानीयले बताएका छन ।

प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तबले बा १५ च ५०५५ नम्बरको निजी गाडी भाडा लिएर प्रयोग गर्दै आउनुभएको हो । गाडीको भाडा, ईन्धन र मर्मतसंभारबापत उहाँले गाउँपालिका कोषबाट मासिक लाखौं रुपैया खर्च गर्ने गर्नुभएको छ । सुवर्ण गाउँपालिका कार्यलय र सवारीधनीबीच भएको सम्झौता विपरित कार्यलय प्रमुख श्रीवास्तवले गाउँपालिकाबाट खर्च गरेर रकम हिनामिना गर्दै आएको पनि बताइएको छ ।

भाडाको सुविधा सम्पन्न सवारी साधन प्रयोग गर्ने गरेको भएपनि प्रशासकीय अधिकृत श्रीवास्तब प्रायजसो समयमा नै कार्यलय नपुग्ने गुनासो स्थानीयको छ । श्रीबास्तव हरेक दिन दिउँसो १ बजेपछि मात्रै कार्यलय पुग्ने गरेको र कार्यालयको काम प्रभावित हुने गरेको एक स्थानीयले बताएका छन ।

त्यसैगरी अधिकृत श्रीबास्तवले गाउँपालिकाको रकम समेत हिनामिना गरेको आरोप छ । उहाँले कोरिना महामारी पहिलो चरण शुरु हुनु अगावै सुवर्ण गाउँपालिका कार्यलय प्रमुख, जनप्रतिनिधि, कर्मचारीलगायतलाई भ्रमण भत्ताको नाममा करोडौं रकम निकासा गरेको भन्दै सूचना सतर्कता केन्द्रले त्यतिबेला नै जानकारी गराएको थियो । कार्यलय प्रमुख श्रीबास्तवले महङ्गो गाडी प्रयोग गर्दै आएको र स्थानीय तहको रकम दुरुपयोग गरेको भएपनि सम्बन्धित निकायको ध्यानाकर्षण हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here