कुनै बेला बारामा गाँजा खेती राम्रो हुन्थ्यो तर हाल प्रतिबन्धित अवस्थामा रहेको गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न खुकुलो बनाउने उद्देश्यले संघीय संसद्मा एउटा गैरसरकारी विधेयक दर्ता भएको छ । पूर्वकानुमन्त्रीसमेत रहनुभएका सांसद शेरबहादुर तामाङले उक्त विधेयक संसदमा दर्ता गराउनुभएको हो । नेपालमा झण्डै चार दशकअघि सम्म राज्यलाई कर तिरेर गाँजा चरेसको व्यापार हुने गरेको थियो । नेपालमा उत्पादन हुने गाँजा सेवन गर्न संसारभरबाट पर्यटक नेपाल आउने गर्दथे । तर यसको चरम दुरूपयोग भएपछि सरकारले यसको उत्पादन, बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

 

 

 

 

 

 

 

मुलतः संसारभर अहिले गाँजा चरेसलाई औषधीको रूपमा समेत प्रयोग गर्न थालिएपछि बिगतमा प्रतिबन्ध लगायतका युरोप अमेरिकाले पनि अहिले बिस्तारै यसको बिक्री वितरणमा खुकुलोपन अप्नाउन थालेका छन् । यसको अबैध व्यापारलाई रोक्न पनि अहिले संसारभरका सरकार प्रमुखहरू र सुरक्षा निकायका प्रमुखहरूले चासो देखाउन थालेका छन् । युरोपका कतिपय मुलुकमा अहिले गाँजा चरेस रेस्टुरेन्टमा नै उपलब्ध हुन थालेको छ भने सेवनकर्ता पनि राज्यले तोकेको मात्रा प्रयोग गरेको पाइन्छ ।

 

 

 

 

 

अमेरिकाको विभिन्न राज्यमा यसको प्रयोगलाई वैधानिकता दिएको पाइन्छ । सोही आधारलाई टेकेर अहिले नेपालको संसदमा यो गैरसरकारी विधेयक दर्ता भएको हुनुपर्दछ । राज्यले यस्ता कार्यलाई नियमित रूपमा अनुगमन गरेर यसको उत्पादन र प्रयोगमा ल्याउने वतावरण बनाउन सके मुलुक आर्थिक रूपमा पनि सबल बन्ने देखिन्छ । विश्वमा नै नेपालको गाँजा चरेसको माग बढी भएको देखिन्छ । नेपालमा उत्पादन भएका ती वस्तुहरूको गुणस्तरसमेत उत्कृष्ट भएको भन्दै संसारभर प्रसंसा समेत हुने गरेको छ । त्यसैले गाँजा खेतीलाई बैद्यानिकता दिन आवश्यक देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here