हेटौंठा – हेटौंडा उपमहानगरपालिकाको सहयोग र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ को आयोजनामा आजबाट हेटौंडामा दुई दिने स्वास्थ्य र दीर्ध जीवनको लागि भान्छा नै औषधालयको प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

 

 

 

 

 

वडा नम्बर १ का अध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा र हेटौंडा उपमहानगरपालिकाको आयूृवेदिक तथा स्वास्थ्य शाखाका प्रमुख भोला चौलागाइको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर १ की वडा सदस्य इश्वरी रसाइली,बेगम बराल सहित वडा सचिव शान्ता लौडारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

 

 

 

 

 

 

 

 

भोलिसम्म चल्ने प्रशिक्षणमा सहभागीहरुलाई बिश्वनारायण श्रेष्ठ,शावित्री पराजुली र जुना श्रेष्ठ मल्लले प्रशिक्षण दिइरहनु भएको वडा नम्बर १ की वडा सदस्य इश्वरी रसाइलीले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरुले हाम्रो भान्छामा स्वास्थ्य खाद्य पदार्थ नै नपुगेका कारण अहिले बिभिन्न रोगको शिाकार हुनु परेको भन्दै चिन्ता जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here