आइतबार केही संचार माध्याम तथा सामाजिक संजालहरुमा आएका खबरहरुको विश्वास गर्ने हो भने अब शेरबहदुर देउवा र प्रचण्ड पनि पक्राउ पर्ने देखिन्छ यद्यपि केपी ओलीलाई वर्तमान बालेन सरकारले पक्राउ गरि नै सकेको छ ।

अब पालो देउवा र प्रचण्ड तथा माधव नेपालहरुको भनिएको छ । वर्तमान बालेन शाह नेतृत्वको सरकारले २०४६ सालपछि मुलुकको उच्च ओहदामा रहेका सबैको सम्पति छानबिन गर्ने कुरा गरेका कारण यो कुरालाई हावा भन्न पनि सकिन्न । अझै यसो भनौं आजको सूर्योदयसंगै देशमा के हुन्छ को पक्राउ पर्छन् यसै भन्न सकिने अवस्था छैन ।
बहुदलपछि प्रधानमन्त्री बन्ने सबैभन्दा धेरै पटक देउवा नै हो तर हाल देउवा दम्पति देश बाहिर छन् र उनीहरु यस्तै अवस्थामा तत्काल नेपाल फर्कने संभावना भने कम छ । प्रचण्ड त निर्वाचित सांसद नै भएपछि मुख्यत  अहिलेका युवा गृहमन्त्रीले यो विषयमा बढी नै जोड दिएको देखिन्छ । अनुसन्धानलाई व्यापक बनाउन खोजेको जस्तो पनि देखिन्छ । काम गरेको जस्तो देखाउनका लागि पनि पक्राउ त पर्ने नै छन् ।

यो सरकार जनमतको हिसावले शक्तिशाली पनि छ । ततकाल सरकारलाई केही असर गर्ने पनि देखिदैन तर अनुसन्धानमा कसले कति बदमासी गरेको देखिन्छ, त्यो चैं स्पष्ट रुपमा पूर्वाग्राही नभइकन सरकारले सार्वजनिक गर्नुपर्दछ ।अझै भन्ने हो भने देश बिगार्ने र राजाहरु प्नि हुन् तर उताको कुरा भएको छैन तर पूर्व प्रधानमन्त्री प्रशासक सबैको सम्पति सत्य तवरले छानबिन होस् र दोषी देखिए कारबाही गरोस् । कोही सडकमा आउनेवला छैन, एकाध आएर केही हुन्न तर प्रतिशोध चैं पटक्कै हुनुहुन्न ।

 

Leave a Reply