दिपेन्द्र जयसवाल
गन्जभावनीपुर,बारागढी गाउँपालिकामा आयोजित प्रथम वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।
वडा कार्यालयको मुख्य सहयोग तथा न्यु तिलगंगा युवा क्लब चेरवन्त पथराको आयोजनामा सञ्चालित प्रतियोगितामा श्री सिद्धार्थ युवा क्लब हनुमानगञ्ज र तेतरीया फुटबल क्लब तेतरीयाबीच उपाधिको लागि प्रतिस्पर्धा भएको थियो ।
वडा नम्बर ५ कोे चेरवन्त पथरास्थित बारागढी रंगशालामा भएको उपाधि भिडन्तमा सिद्धार्थ युवा क्लब हनुमानगञ्जले तेतरीया फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा बारागढी गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मैनेजर चौधरीले विजेता सिद्धार्थ युवा क्लब हनुमानगञ्जका खेलाडीहरूलाई शिल्ड तथा नगद पुरस्कार वितरण गर्नुभएको थियो भने उपविजेता तेतरीया फुटबल क्लबका खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।न्यु तिलगंगा युवा क्लबका अध्यक्ष रामरत्न चौधरीको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा पुरस्कार वितरण कार्यक्रममा वडा सदस्य विनोद सहनी, गोपीचन्द प्रसाद यादव, समाजसेवी भोजराज चौधरी, हरेन्द्र यादव, पुरुषोत्तम चौधरी, पशु चिकित्सक लक्ष्मी नारायण चौधरी, बारागढी गाउँपालिकाको कृषि शाखामा कार्यरत नायब सुब्बा अभिषेक चौधरीलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिंहासनीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्देश्वरराम, सञ्चारकर्मी राजन चौधरी लगायत स्थानीय क्लबका सदस्य, विभिन्न संघ–संस्थाका प्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा खेलप्रेमी दर्शकहरूको उपस्थिति रहेको थियो ।पुरस्कार वितरण कार्यक्रमको सञ्चालन स्थानीय युवा कुन्दन चौधरीले गर्नुभएको थियो ।

Leave a Reply