हेटौंडा –  हेटौंडाकी तेस्रो लिङ्गी अजिता भुजेलसंग यौन सम्पर्क पछी पैसा लेनदेनमा विवाद भएपछी उनको हत्या गरिएको पाइएको छ । मकवानपुर प्रहरीले हेटौंडा–११ नवलपुरकी अजिता भुजेलको हत्या संलग्न ५ जनालाई सार्वजनिक गर्दै प्रहरीले अजितासंग यौन सम्पर्क गरेपछी सात हजार रुपैयाँ नदिएपछी विवाद भएको र हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक शुसिलसिंह राठोरले जानकारी दिनुभयो ।

 

 

हत्या अभियोगमा प्रहरीले पक्राउ गरि हेटौंडा–९ का १८ बर्षीय सिमोन परियार, हेटौंडा ४ का २५ बर्षीय सुशील थापा मगर, हेटौंडा ११ की २० बर्षीया एलिसा पाख्रिन, हेटौंडा ४ का २४ बर्षीय आशिष बल र हेटौंडा ४ का २१ बर्षीय बुद्ध लामालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार ना ६ख ६५२७ नम्बरको ट्रकका सहचालक परियार र थापा मगरले भुजेलसंग हेटौंडा ११ थानाभर्याङमा ७ हजार रूपैयाँमा यौन सम्पर्क गरि विवाद भएपछि उनीहरूसहित ४ जनाले हत्या गरेका थिए । हत्या गरेर शव ट्रकमै राखेर क्याम्पाडाँडामा फालेको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

अजिताको हराएको मोबाइल परियारले बुद्ध लामाले साथी आशिषलाई दिएका थीए । आशिषले आफ्नी श्रीमती एलिसालाई दिएका थिए । सोही मोवाईल अन भएपछि प्रहरीले सबैलाई पक्राउ गरेको हो । घटनामा संलग्न २ जना फरार रहेका छन् । महानगरीय प्रहरी महाशाखा टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्तलाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

Leave a Reply