राजन कुमार बानिया
पोखरिया,पर्साको कालिकामाई गाउँपालिकामा आज आइएमएनसिआइ कार्यक्रमको बार्षिक समीक्षा तथा सेवा प्रदायक स्वास्थ्यकर्मीहरुको क्षमता पहिचान तथा कार्यसम्पादन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको सो कार्यक्रम गाउँपालिकाको सभा हलमा सम्पन्न भएको थियो । कार्यक्रममा आइएमएनसिआइको गत आर्थिक वर्षको कार्यक्रम ट्रिटमेन्ट प्रटोकल अनुसार संचालन भए नभएको पत्ता लगाउने र कार्यक्रम संचालनमा देखिएका समस्या र समधानका उपायहरुबारे एक आपसमा छलफल गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसियाले जनाउनुभयो ।कार्यक्रममा चिकित्सक तेजनाथ तिवारी, सन्तप्रसादलगात पाँचै वटा वडामा रहेका स्वास्थ्य चौकीका प्रमुख र सिअहेबहरुको सहभागिता रहेको थियो ।

Leave a Reply