कलैया,सशस्त्र प्रहरीले बाराको विभिन्न स्थानबाट ६ लाख बराबरको अवैध भन्सार छलीको समान बरामद गरेको छ ।
भारतबाट अबैध रूपमा भन्सार छलि वीरगञ्जबाट नारायणघाटतर्फ जादै गरेको यात्रुवाहक बसको डिकीभित्र राखि लैजादै गरेको दुई लाख ६३ हजार नौ सय रुपैयाँ बराबरको थानको कपडा, फलसिङ्ग लाईट र एयरपोडस् बरामद गरिएको हो ।

बरामद सामाग्री आवश्यक कारबाहीको लागि सुरक्षा बेश जीतपुरमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
त्यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका– २ निम्बु फारमस्थित व्यक्ति बसोवास नगरेको टिनले छाएको एउटा घरको २ वटा कोठामा विशेष सूचनाको आधारमा सुरक्षा बेश जीतपुरबाट सशस्त्र प्रहरी नायब उपरीक्षक खेमराज ठकुल्लाको कमाण्डमा खटिगएको टोलीले उक्त घरमा खानतलासी गर्दा रु.२ लाख ६२ हजार रुपैयाँ बराबरको बेवारिसे अवस्थामा रहेको अन्दाजी २ हजार ६ सय लिटर पाम आयल, ग्यास चुल्हो, प्लाष्टिक पाईप र अन्दाजी २ हजार बराबरको १ वटा साईकल गरी जम्मा मूल्य रु.२ लाख ६४ हजार बराबरको सामान बरामद गरि राजश्व अनुसन्धान कार्यालय पथलैया बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ

Leave a Reply