कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा जारी परसवा गोल्डकप २०८० को लिग चरणको मंगलवारको पहिलो खेलमा निचुटा युवा क्लब बिजय भएको छ । निचुटाले आयोजक न्यू एभरेष्ट क्लब परसवालाई शुन्यको बिरुद्ध एक गोलले पराजित गरी तीन अंक प्राप्त गरेको छन ।निचुटाका यूवराज खडकाले निर्णायक गोल गरेका थिए । सो खेलमा निचुटाका सागर चौधरी म्यान अफ द म्याच घोषित भए । चौधरीलाई नगद सहित ट्रफी प्रदान गरियो ।त्यस्तै मंगलवार नै भएको दोस्रो खेलमा मनहर्वा, बारा बिजयी भएको छ । मनहर्वाले सिद्धपुरलाई शुन्यको बिरुद्व ७ गोलको बिशाल अन्तर पराजित गरी तीन अंक बटुलेको छ । सो खेलमा मनहर्वाका गोलकिपर यूनेश चौधरी म्यान अफ द म्याच घोषित भए । चौधरीले दुई वटा पेनाल्टी रोकेका थिए ।मनहर्वाका लागि निमेश तामाङले ३ गोल गरेका थिए भने मनिष क्षेत्री, मिलन संगठन, अमृत श्रेष्ठ, रुलेश तिमलसिनाले एक÷एक गोल गरेका थिए । दोस्रो हारसंगै सिद्धपुरको लिग चरणबाट बाहिरिएको छ ।बुधवार लिग चरणको पहिलो खेल सेढवा र बुद्धनगरबीच हुने छ । समूह ‘ए’ मा रहेका सेढवा र पटेर्वासुगौलीको ३-३ अंक बटुलेका छन भने बुद्धनगरले अंक हात पार्न सकेको छैन । त्यस्तै बुधवारको दोस्रो खेल बकुलिया बारा र पर्साको ठोरीबीच हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here