वीरगंज, २९ भदौं । जिल्ला सुरक्षा समिति पर्साले वीरगन्जको विशेष क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ। आइतबार प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीको अध्यक्षतामा बसेको समितिको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९ख० अनुसार सो निर्णय गरेको हो।

निर्णयअनुसार, अर्को आदेश नभएसम्म घण्टाघर चोकदेखि गण्डक चोकसम्मको राजमार्ग क्षेत्र, साथै वीरगन्ज कारागार कार्यालय र यसको कम्पाउन्ड क्षेत्रलाई दंगाग्रस्त क्षेत्र मानिने छ।

यसअघि नै वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्मको क्षेत्रमा बिहान ११ बजे देखि बेलुकी ९ बजेसम्म निषेधाज्ञा, र बेलुकी ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

Leave a Reply