कलैया,बारामा सशस्त्र र जनपद् प्रहरीले लाखौं रुपैया मूल्य बराबरको अबैध सामान बनरामद गरेको छ । सशस्त्र प्रहरीले जिल्लाको विभिन्न स्थानहरूबाट पाँच लाख रुपैयाँबराबरको अवैध सामान र जनपद् प्रहरीले लाखौं रुपैयाँ बराबरको सुटपाइन्टको कपडा बरामद गरेको हो ।

बिओपी गोलागंजले सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ कवलपुर सीमा क्षेत्रवाट मोटरसाइकलसहित एक लाख ६५ हजार रुपैया बराबरको अवैध औषधि र हार्डवेयर सामान बरामद गरेको हो भने ⁠प्रस्तावित सीमा सुरक्षा गुल्म पिपरपातिको टोलीले रू ५२ हजार रुपैयाँ बराबरको किराना सामग्री बरामद गरेको छ ।त्यस्तै ⁠सुरक्षा बेश बरियारपुरको टोलीले हर्नैया र पसाहा चोकवाट रू एक लाख ६० हजार बराबरको किराना सामग्री बरामद गरेको छ । ⁠प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाको टोलीले कलैया १० मटिअर्वा सीमा क्षेत्रवाट रू २१ हजार मूल्य बराबरको टेम्पर ग्लास बरामद गरेको छ ।

त्यसैगरी विश्रापपुर गाउँपालिका वडा नम्बर ३ सीमा ईलाकावाट बिओपी बरैनियाको टोलीले मोटरसाइकलको प्रयोग गरि अबैधरुपमा भारतबाट नेपालतर्फ ल्याउदै गरेको अन्दाजी २५ हजार मूल्य बराबरको झिँगे माछा सहित मोटरसाइकल नियन्त्रणमा लिएको छ । उक्त झिँगे माछा र मोटरसाइकल एक लाख ८५ हजार मूल्य बराबरको रहेको सशस्त्र प्रहरी बल नम्बर १२ गण बाराका गणपती एवम् प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार बरामद गरिएको सबै सामान आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।
त्यसैगरी इलाका प्रहरी कार्यालय प्रसौनीको टोलीले लाखौं रुपैयाँ बराबरको सुटपाइन्टको कपडा बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ भन्सार छली चोरी तस्करी गरी मोटरसाइकलमा ल्याउदै गरेको सो कपडा मंगलवार राति बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङको दिएको सूचनाको आधारमा बाराको फेटा गाउँपालिका वडा नम्बर १ त्रिवेणी खोला नजिक एक लाख ३७ हजार पाँच सय बराबरको २२ थान कोट पाइन्टको कपडा बरामद गरिएको हो ।इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक हवल्दार अवधेश बिनको कमाण्डमा खटिएको टोलीलाई देखेपछि तस्कर कपडा छोडेर मोटरसाइकल हाँकेर फरार भएका थिए । उक्त सामानलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय प्रसौनीमा ल्याई राखिएको छ ।मोटरसाकल सहित फरार रहेको मानिसको खोज तलाश भइरहेको प्रसौनीका प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply