दिपेन्द्र जयसवाल
गन्जभवानीपुर,कोल्हबी नगर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदधिकारीहरुको सपथ ग्रहणतथा प्रमाण पत्र वितरण कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
निर्वाचन मण्डलका सभापती भरतबहादुर भण्डारीको सभापतित्वमा भएको सो सपथ ग्रहण समारोहमा संघको शनीवार भएको निर्वाचनमा विजयी पदधिकारी र सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत केवलप्रसाद चौधरीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो भने समारोहका सभापती भण्डारीले ओहोदाको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोल्हबीमा प्रहरी निरीक्षक रंञ्जन मिश्र, सशस्त्र प्रहरीका संतोष घिमेरे, उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरु महेशकुमार साह, लक्ष्मी साह कलवारलगायत संञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन निर्वाचन अधिकृत पुरुषोत्तम ओलीले गर्नुभएको थियो ।