कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २३ सिसहनिया चौकमा आइतवार राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका २३ का उपेन्द्र राउत कुर्मी रहेका छन् ।प्रहरीका अनुसार बा ५९ प ४०५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज १९४१ नम्बरको टाटा सुमो एकआपसमा ठोक्किदा कुर्मी गम्भीर घाइते भएका थिए ।

घाइते भएका कुर्मीलाई तत्काल उपचारकालागी एल.एस न्यूरो अस्पताल पुर्याइएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।यता घटनापछि आक्रोशित स्थानीयले बैराठपुर चौकमा टायर बाल्दै सडक अवरुद्ध गरेका छन् । उनीहरूले सुरक्षित यातायात व्यवस्था सुनिश्चित गर्न र दुर्घटनामा संलग्न चालकलाई कडा कारबाही गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी अधिकारीहरूले घटनास्थलमा स्थानीयसँग वार्ता गरेका छन् । प्रहरीको पहलमा र चालकलाई कारबाही गर्ने प्रतिबद्धता जनाएपछि स्थानीयले विरोध फिर्ता लिएका छन् ।

Leave a Reply