मधेश केही वर्ष अगाडिसम्म काकाकुल थिएन । पानीको समस्या पनि थिएन । चापाकलमा पानी नआउने भन्ने प्रश्न नै थिएन । जति खडेरी भएपनि बर्षायाममा त पानी पर्ने नै गर्दथ्यो पानीको अभावमा नागरिकहरु तड्पिनुपर्ने थिएन । तर पछिल्लो केही वर्षदेखि भने तराई मधेशमा पानीको निकै समस्या देखिएको छ । प्रर्याप्त बर्षा नभएपछि यसको सिधा असर जमिनमा पर्ने गरेको छ । मौसमविद्हरुले यो वर्ष पानी धेरै पर्ने कुरा गरेपनि आजको दिनसम्म यो कुरा सही सावित हुन सकेको छैन ।

जेनतेन धान रोपाइँ गरेपनि समस्या अझै छ । सबै ठाउँमा त अझै रोपाइँ हुन सकेको छैन । आकाशे पानीकै भरमा रहने स्थानमा त रोपाइँ हुने कुरै भएन । अझैपनि ढिला भएको छैन । पानी पर्ने हो भने साउनको अन्तिमसम्ममै रोपाइँ गरेपनि धान उत्पादनमा यहाँ समस्या हुदैन तर पानी नै नरेन भने चैं के गर्ने ?

यसको पछाडि धेरै कारण होलान् । मुख्य कारण भनेको जलवायू परिवर्तन नै हो । यसको निराकरणका लागि बेलैमा प्रयास गर्न आवश्यक देखिन्छ । सरकारी स्तरदेखि निजी स्तरबाट र नागरिक स्तरबाट पनि यो विषयमा ख्याल गर्न आवश्यक छ । नत्र यो समस्या विकराल बन्दै जानेछ र तराई मधेशमा यो समस्या संधै रहनेछ ।

Leave a Reply