निजगढ,नेकपा एमालेको तेस्रो निजगढ नगर अधिवेशनमा भाग लिने करिव ३ सय प्रतिनिधिहरुको छनौट कार्य पुरा भएको छ ।शनीवार पार्टी नगर सल्लाहाकार कमिटी र ९ वटा जनवर्गिय संघठनबाट गरी ३४ जना प्रतिनिधि छानिएपछि अधिवेशनको प्रतिनिधि छनौट कार्य पुरा भएको हो । यसअघि वडा कमिटीबाट नगर अधिवेशनमा सहभागी हुने १९३ जना प्रतिनिधिहरुको भेलामार्फत शुक्रवार एकैदिन छनौट गरिएको थियो ।

नगरपालिकाका १३ वटै वडा, जनवर्गीय संगठन र सल्लाहकार कमिटीबाट सर्वसम्मत रुपमा छनौट गरिसकिएको पार्टी नगर कमिटी सचिव तिलक घलानले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतेक वडामा ४ जना संगठित पार्टी सदस्य बराबर १ एक जनाको दरले महिला ३३, युवा २० प्रतिशत र एकजना दलितलाई समेत समावेश गरेर प्रतिनिधि छनौट भएका हुन ।
त्यसैगरी शनिवार प्रतेक जनवर्गीय संगठनहरुबाट ३-३ जनाको दरले प्रतिनिधि छनौट भएका थिए । पार्टीको सल्लाहाकार कमिटीबाट भने ७ जना प्रतिनिधि छनौट भएका छन ।आगामी १७ र १८ गते शुभकार्य बैङ्गकुट निजगढ ८ मा हुने नगर अधिवेशनको पार्टीका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले उद्धाटन गर्ने कार्यक्रम छ ।

Leave a Reply