कलैया,प्रहरी निरीक्षक बलराम श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय बाराले असार महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङले उत्कृष्ट प्रहरी घोषित गर्दै श्रेष्ठलाई सम्मानित गर्नुभएको हो ।

जिल्ला प्रहरी कार्यालय बारा मानवश्रोत व्यवस्थापन शाखामा कार्यरत निरीक्षक श्रेष्ठले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमार्फत अलपत्र अवस्थामा रहेका ८ जना बालबालिकाहरुको उद्धार गर्नुभएको थियो ।
उद्धार गरिएका बालबालिका मध्ये निरीक्षक श्रेष्ठले १ जनालाई बाल हेल्पलाईनमा पठाएको, ३ जनालाई सेफ हाउस र ४ जनालाई अभिभावकहरुको जिम्मा लगाई घर पठाउनुभएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा परेको घरेलु, समाजिक हिंसा जेष्ठ नागरिक हराएको बालबालिका सम्बन्धि अधिकांश मुद्द फर्छौटमा पनि श्रेष्ठको भूमिका प्रशंसनीय रहेको जनाइएको छ ।
घरेलु हिंसा बाल बिवाह बहुविवाह र लागु औषध सम्बन्धि विभिन्न विद्यालयहरुमा जनचेतनामूलक कार्यक्रम गरेको र सेवाग्राहीहरुको गुनासो छिटो छरितो तरिकाले व्यवस्थापन गरेको समेत जनाइएको छ ।शाखाबाट सम्पादन हुने दैनिक काम कारवाही तथा शाखाको अभिलेख व्यवस्थापनमा समेत श्रेष्ठले अहम भूमिका निर्वाह गर्दैआउनुभएको थियो ।कार्यालयको नीति, निर्देशन पूर्ण रुपमा पालना गर्दै आफूलाई सुम्पिएको जिम्मेवारी उच्च व्यवसायिक र कुशलताकासाथ सम्पादन गरी उत्कृष्ट कार्य गरेकोले निजलाई उत्कृष्ट प्रहरीको रुपमा कदर स्वरूप पुरस्कृत गरिएको जनाइएको छ ।

















