कलैया,बारा प्रहरीले पाँच किलो लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरी चौकी मुसहर्वाबाट प्रहरी वरिष्ठ नायब निरीक्षक जीवन खडकाको नेतृत्वमा खटिएको टोलीले आइतवार जिल्लाको बिश्रामपुर गाउँपालिका– ४ स्थित बलिरामपुर विद्यालय नजिकै भारततर्फ गइरहेका एक व्यक्तिलाई शंका लागेर जाँच गर्दा टाउकोमा बोकेको कालो झोलामा लुकाई छिपाई राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो ।

पक्राउ पर्नेमा देश भारत सितामढी जिल्ला डुमरा बस्ने रामअशिष शर्माको छोरा अन्दाजी २९ वर्षीय सावन शर्मा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभएको छ । शर्मालाई लागू औषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता पण्डितले बताउनुभयो ।

Leave a Reply