कलैया,बाराको प्रसौनी गाउँपालिका ५ प्रस्टोकास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा सोमवार चार कोठे भवनको शिलान्यास सम्पन्न भएको छ ।मधेश प्रदेशका सांसद एवम् पूर्वमन्त्री जितेन्द्र सोनलले भवनको शिलान्यास गर्नुभएको हो । नयाँ भवन निर्माणले क्षेत्रीय शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास सांसद सोनलले व्यक्त गर्नुभएको छ ।
भवन सम्पन्न भएपछि विद्यार्थीहरूलाई सहज तथा गुणस्तरीय शैक्षिक वातावरण प्राप्त हुने र सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।विद्यालयका प्रधानाध्यापक नागनारायण साहले नयाँ भवन निर्माणले विद्यालयको भौतिक पूर्वाधार सुधार भई पठनपाठनमा थप सहजता आउने विश्वास व्यक्त गर्नुभएको छ ।शिलान्यास कार्यक्रममा प्रसौनी गाउँपालिकाका पूर्वअध्यक्ष भोला गुप्ता, पूर्वउपाध्यक्ष गीता देवी साह, लोसपाका युवा नेताहरू प्रमोद साह, रामजतन सहनी, नवल साह, जय प्रकाश दास, रमेश साह, बिरेन्द्र साह, दिलिप साह, सोनु साह, लालबाबु साह लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply