कलैया,कलैया उपमहानगरपालिका– ७ स्थित श्री दुर्गा नमुना माध्यमिक विद्यालयमा कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई लक्षित गरी बालअधिकार तथा बालबालिकामाथि हुने अपराधसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।जिल्ला प्रहरी कार्यालय, बारा अन्तर्गतको महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी निरीक्षक बलराम श्रेष्ठको संयोजनमा कार्यक्रम संचालन गरिएको हो ।कार्यक्रममा बालअधिकार, बालहिंसा, बालशोषण, बालविवाह, मानव बेचबिखन लगायतका संवेदनशील विषयमा विद्यार्थीहरूलाई जानकारी दिइएको थियो । साथै आत्मरक्षा, कानुनी अधिकार तथा सुरक्षाका उपायहरूबारे पनि सचेतना प्रदान गरिएको थियो ।कार्यक्रममा विद्यालयका ७५ जना छात्रछात्राहरूको सहभागिता रहेको थियो । विद्यालय प्रशासनले यस्तो कार्यक्रमले विद्यार्थीहरूमा सचेतना र आत्मविश्वास बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

Leave a Reply