वीरगञ्ज,पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वा गाउँबाट वन गस्ती टोलीले तीन थान सालको काठसहित दुई वटा मोटरसाईकल बरामद गरेको छ ।काठ तस्कर हरुले बिन्दबासिनी कोईलाभार साझेदारी पन क्षेत्रको गुलेरियाबाट तीन थान काचो सालको करिब १२ क्युफिट काठ ना २ प ५७८ र ना ७ प ९८८४ नम्बरको दुई वटा मोटरसाईकलमा लोड लोड गरेर डोकैला बहुवरीतर्फको फर्निचर उद्योगमा लैजादै गरेको अवस्थामा मंगलवार राति सब डिभिजन वन कार्यालय बडनिहारका जम्दार जितबहादुर तमाङ्गको कमान्डमा खटेको वन गस्ती टोलीले बरामद गरेको हो ।

काठ तस्कर र मोटरसाईकल बरामद गर्ने क्रममा तस्कर र वन सुरक्षाकर्मीबीच झडप समेत भएको र काठ तस्कर र बडेर्वा गाउँका स्थानीयले वन सुरक्षाकर्मीमाथि जाई लागेपछि तस्करहरु काठ र मोटरसाईकल छाडेर भाग्न सफल भएको जम्दार तमाङ्गले बताउनुभएको छ । उहाँले फरार तस्करहरुको खोजी कार्य भइरहेको पनि जानकारी दिनुभयो ।
काठ र मोटरसाईकल आवस्यक कारबाहीको लागि सब डिभिजन वन कार्यालय बडनिहारमा राखिएको छ ।



















