सिमरा,लायन्स क्लब जीतपुरसिमरा र लायन्स क्लब यूथको संयुक्त आयोजनामा मेलवीन जयन्तीको अवसरमा जीतपुरस्थित गौशालाका पशुचौपायाका लागि आहार सहयोग गरिएको छ । गौशालामा रहेका पशुचौपायाको पोषणका लागि करिब सात हजार पाँच सय रुपैयाँ बराबरको आहार सहयोग गरिएको हो ।कार्यक्रममा लायन्स क्लब जीतपुरसिमराका अध्यक्ष यज्ञबहादुर आले र लायन्स क्लब यूथका अध्यक्ष दीपक गुप्ताको अगुवाइमा गौशालाका गाईहरूलाई आहार सहयोग गरिएको थियो ।गौशालामा आयोजित कार्यक्रममा मुकुन्दबहादुर क्षेत्री, नारायणी रायमाझी, कृष्णव्रत सिंह, सञ्जयकुमार साह र अजय विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।लायन्स क्लबका सदस्यहरुले मेलवीन जयन्तीको अवसरलाई सामाजिक सेवामा समर्पण गर्दै गौँ संरक्षणमा योगदान दिन पाएकोमा खुशी व्यक्त गरेका छन् ।