निजगढ,नेकपा एमाले पोलिटब्युरो सदस्य एंव बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले वन र वातावरण संरक्षणमा सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ ।निजगढ ६ स्थित जनसृजनशील सामुदायिक वन उपभोक्ता समुहको ९औं साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै मैनालीले सो कुरा बताउनुभएको हो । ‘वातावरण नै मानिसको जीवनको मुख्य आधार हो, उहाँले भन्नुभयो, यसको संरक्षण गर्न सकिएन भने मानवसहित सबै जीव संकटमा पर्छन ।’वातावरण संरक्षणको लागि वृक्षारोपण, पोखरी निर्माण, वन्यजन्तुको संरक्षण जस्ता कार्य गर्नुपर्ने उहाँको भनाई थियो । ‘उजाड र खाली क्षेत्रहरुमा विरुवा रोप्नुपर्छ र सिमसार क्षेत्रहरुमा पोखरी निर्माण गर्नुपर्छ, उहाँले भन्नुभयो, यसो गर्नसके मात्रै मानिस लगायत सबै प्राणीहरुको संरक्षण गर्न सकिनेछ ।’वातावरण विनासले पृथ्वीमा जलवायु परिवर्तन जस्तो भयाभवहक समस्या उत्पन्न भइरहेको बताउदै सांसद मैनालीले सामुदायिक वन समुहका पदाधिकारीहरुले जलवायु परिवर्तनलाई न्यूनीकरण र यो चुनौतिको सामना गर्ने बारेमा योजना बनाएर काम गर्नुपर्ने पनि बताउनुभो । उहाँले सामुदायिक वन समुहले रुख काटेर बेच्नेभन्दा पनि वृक्षारोपण गरेर हुर्काउनेतर्फ बढी ध्यान दिनुपर्ने बताउनुभयो ।समुहका अध्यक्ष कुशबहादुर थापाको अध्यक्षतामा भएको सो साधारण सभामा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजी बजगाई, सवडिभिजन वन कार्यालय निजगढका वन अधिकृत दास लगायतले साधारण सभा सफलताको लागि शुभकामनम व्यक्त गर्नुभएको थियो ।सभामा समुहका सचिव ध्रुब धितालले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष माधव सिग्देलले लेखा परीक्षण प्रतिवेदन पेस गर्नुभएको थियो ।कार्यक्रममा वन संरक्षणमा उत्कृष्ट योगदान गर्ने नरबहादुर अधिकारी, कृष्णबहादुर तिमल्सिना, काजीबहादुर अधिकारी, डिल्लीप्रसाद खतिवडा, प्रकास बजगाई र पन्नलाल साहलाई सम्मानसमेत गरिएको थियो ।

Leave a Reply