आरके राजन
सिम्रौनगढ,सिम्रौनगढ क्षेत्रको सम्पदा संरक्षणमा आधारित ३ दिने अभिमूखीकरण कार्यक्रम शनिवारबाट बाराको सिम्रौनगढमा शुरु भएको छ ।सिम्रौनगढ नगरपालिका वडा नम्बर– ७ स्थित उद्योग वाणिज्य संघको सभा कक्षमा शुरु भएको अभिमुखीकरण कार्यक्रममा देशभरिका पुराना सम्पदाको संरक्षण र यसमा स्थानीय तहको भूमिकाको बारेमा छलफल हुने बताइएको छ ।

मधेस प्रदेश सभा सदस्य राजपती देबीको प्रमुख आतिथ्यता भएको सो तालिमको उद्धाटन कार्यक्रम पुरातत्व विभागका महानिर्देशक शौभाग्या प्रधानाङ्गको अध्यक्षता भएको थियो ।उद्घाटन सत्रमा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवार, प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवाल, वरिष्ठ पुरातत्वविद देवेन्द्रनाथ तिवारी प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुवँर लगायतको उपस्थिति रहेको थियो ।
अभिमुखीकरण कार्यत्रममा समाजवेवी शेख मोतिम, उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबुप्रसाद कुशवाहा, सिम्रौनगढ क्षेत्र पर्यटन विभागका पूर्वअध्यक्ष श्यामकिशोर यादव, नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीय संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।पुरातत्व विभागका रामबहादुर डुबरले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रम पुरातत्व विभागकी मन्जु थापाले सन्चालन गर्नुभएको थियो । कार्यक्रमका सहभागी सबैले पुरातत्व विभागले हाल सिम्रौनगढमा जारी राखेको उत्खनन्स्थान पलकियामाई क्षेत्रमा पुगेर त्यहाँ भइरहेको गतिविधिको अवलोकन पनि गरेका थिए ।

Leave a Reply