कलैया,पशुवलीका लागि विश्वप्रख्यात बारा जिल्लाको पञ्चवर्षिय गढीमाई मेला शनीवारदेखि विधिवत रुपमा प्रारम्भ भएको छ ।प्रत्येक पाँच वर्षमा बाराको महागढीमाई नगरपालिका बरियारपुरमा लाग्ने गढीमाई मेला यसपटक असोज १७ गते घटस्थापनादेखि विशेष पूजा गरी शुभआरम्भ भएको भए पनि विधिवत रुपमा मङ्सिर १ गतेदेखि विशेष पुजाको आयोजना गरी मङ्सिर २३ गते पशुबली दिएपछि समाप्त हुने छ ।एशियामा मात्र नभई विश्वमा पशुबलीका लागि प्रख्यात रहेको गढीमाई मेला मुख्यत पशुबलीका लागी प्रख्यात भए धेरैलाई थाहा नहोला नरवलीको रुपमा मुख्य तान्त्रिकले आफनो मानव शरिरको पाँच स्थानबाट रगत निकालेर चढाउने परम्परा पूरा भएपछि मात्र पशुबली दिने गरिएको छ । मानवको शरिरबाट रगत निकालेर चढाउने परम्परा लाई नरवली भनिए पनि बली होइन, मानव रगत चढाउने परम्परा हो ।

मन्दिरमा मुल पुजारीले तान्त्रिक विधिद्वारा सेतो मुसा परेवा हाँस सुङ्गुर र राँगाको वली दिए पछि सर्वसाधारणले बली दिन पाउने छन् । परम्परा र मान्यता अनुसार हिन्दु धर्म, संस्कृतीमा पशुवलीलाई शक्तिसँग जोडिएर हेर्दै आएको मुल पुजारी मङगल चौधरीको भनाई छ ।
परापूर्वकालदेखि रौतहटको गुजर नगरपालिका सिमरी गाँउका मुलतान्त्रिक दुखन धामी कछडियाले मुलपुजारी चौधरीसँग मिलेर गढीमाईको विशेष पूजा आराधना गरेर धामीले आफ्नो शरिरको पाँच स्थानबाट निकालेर नरबली स्वरुप रगत चढाउँदै आउनुभएको थियो । मुलतान्त्रिक धामीको कही दिन अगाडि मृत्यु भएपछि मान्यता अनुसार यस पटक उहाँको जेठो छोरा उंमाशङ्करले आफनो बुवाको परम्परालाई निरन्तरता दिँदै आफ्नो शरिरको पाँच भागको रगत गढीमाईलाई चढाउने हुनुभएको छ ।

मङ्सिर २३ गते तान्त्रिक विधिबाट दीप प्रज्ज्वलन गरी गढीमाई मन्दीरको पूर्वपट्टी रहेको ब्रम्हबाबाको मन्दिरमा पञ्चवली दिएपछि पशुबली शुरु हुने गरेको मुल पुजारी चौधरीले बताउनुभयो ।गढीमाईको सिमानाका भनिएको पसहा खोला पार गरेपछि जुनसुकै ठाउँमा सानो बलीको रुपमा बोका, कुखुरा, हाँस, परेवाको बली दिने चलन रहे पनि ठुला बलीको रुपमा हजारौँको सङ्ख्यामा बली चढाँइने राँगा, भैसी, पाडा र सुगरका लागि छुट्टै सुरक्षित र व्यवस्थित बधशालाको निर्माण गरिएको छ ।

Leave a Reply