अमेरिका भनेपछि कसैका लागि पनि सपना हुनसक्छ । विश्वको धनी र सम्पन्नशाली देशमा जाने चाहना जो कोहीको हुनु पनि स्वभाविक नै हो । किन भने अमेरिका भनेको एक पटक संभव भए पुग्न पर्ने ठाउँ पनि हो ।संसारलाई सबै हिसावले. नेतृत्व गर्न सक्ने देशमा पुुगेर त्यहाँको अवस्थाको विषयमा जानारी लिनु नराम्रो पनि त होइन । तर यो सबैको भाग्यमा हुदैन जसको हुन्छ ऊ त पुगेको छ नै । यही विश्वको शक्तिशाली देश अहिले चुानवी माहौलमा होमिएको छ ।त्यहाँ पनि हामीकहाँको जस्तै दुई नेता चुनावी मैदानमा छन् ।
हामीकहाँ चैं पार्टी पिच्छे उम्मेदवार हुन्छन् भने त्यहाँ दुईजना मात्र छन् । उनीहरुमध्ये कसले बाजी मार्ने छन् आगामी चार चार वर्षका लागि भन्ने कुरा त अबका केही दिनपछि थाहा भइ नै हाल्नेछ तर अहिले अमेरिकामा भइरहेको चुनावी माहौलले भने सबैको ध्यान तातेको छ । विश्व कुनै न कुनै हिसावले अमेरिकासंग. जोडिएको छ ।उसले लिने हरेक नीतिले विश्वमा असर पार्नेछ । राजनीतिदेखि आर्थिक सबै नीतिमा असर पार्ने हुदा त्यहाँको नेतृत्वमा पुग्ने व्यक्तिको विषयमा चासो हुनु पनि स्वभाविक नै हो । त्यो स्थानमा राम्रो र अझै बिश्व अनुकूल मानिस पुगोस् भन्ने सबैको चाहना हुन्छ ।अहिले मैदानमा उत्रिएका मध्यबाट नै एकजनाले बाजी मार्ने भएकाले पनि यी दुई मध्य को ठीक भनेर विश्लेषण बेलैमा गर्न आवश्यक छ । डोनाल्ड ट्रम्पको शासनकाल विश्वले एक पटक हेरेका कारण अब कमलालाई अवसर दिनुपर्ला यसतर्फ विश्वको अलि बढी ध्यान गएको भने देखिएको छ ।















